क्षेत्रीय सुरक्षा सम्बन्धलाई गहिरो बनाउने प्रयासमा चीन र कम्बोडियाबिच सैन्य सम्झौतामा हस्ताक्षर
५ बैशाख २०७९, सोमबार

बेइजिङ (जेएन) । चीन र कम्बोडियाली सेनाले संयुक्त राज्य अमेरिकासँग बढ्दो प्रतिस्पर्धाको बीचमा क्षेत्रीय सुरक्षा सम्बन्धलाई गहिरो बनाउने प्रयासमा बेइजिङसँग एक समझदारी पत्र (एमओयू)मा हस्ताक्षर गरेका छन्।
चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वरिष्ठ कर्नेल वु छियानले बेइजिङमा नियमित पत्रकार सम्मेलनमा ब्लुमबर्गलाई उद्धृत गर्दै बिहीबार भिडियो कलमा दुई सेनाका ग्राउन्ड फोर्सका वरिष्ठ कमाण्डरहरूले सम्झौतामा हस्ताक्षर गरे भनी बताएका हुन् । यद्धपि उनले सम्झौताको विवरण भने खुलाएनन् ।
सम्झौतामा पीपुल्स लिबरेसन आर्मी ग्राउन्ड फोर्सका कमाण्डर जनरल लिउ झेन्ली र रोयल कम्बोडियन आर्मीका डेपुटी कमाण्डर–इन–चीफ जनरल हुन मानेटले हस्ताक्षर गरेका थिए, ब्लूमबर्गले रिपोर्ट गरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया