निवर्तमान प्रधानमन्त्री खानको पार्टीका सांसदहरूले राजीनामा दिएपछि पाकिस्तानी संसद् विपक्षीविहीन
५ बैशाख २०७९, सोमबार

काठमाडौं । पाकिस्तानको संसद्का उपसभामुखले निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफका १२३ सांसदको राजीनामा स्वीकृत गरेका छन्।
पाकिस्तानी संसदका कार्यवाहक अध्यक्ष कासिम सुरीले इमरान खानको पार्टीका १२३ विधायकको राजीनामा स्वीकृत गरेको पीटीआई नेता र पूर्वमन्त्री फारुक हबिबले जानकारी दिएका छन् ।
खानको पार्टी सांसदहरूले राजीनामा दिएपछि पाकिस्तानी संसद् विपक्षीविहीन भएको छ। २७२ सदस्यीय पाकिस्तानी संसदमा खानको पार्टीका १५५ सदस्य छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया