युद्ध अभ्यासमा लाग्यो चीन

काठमाडौं । चिनियाँ वायुसेनाले हालै सैनिक अभ्यास गरेको छ । चीनको सरकार नियन्त्रित अखबार ग्लोबल टाइम्सले जनाएअनुसार वायुसेनाले विभिन्न प्रकारका लडाकु विमानद्वारा ५ हजार किलोमिटरभन्दा बढी दुरीसम्म २० घण्टा अभ्यास गरेको हो ।

चीनको सरकार सञ्चालित टेलिभिजन सीसीटीभीले जनाएअनुसार मध्य चीनको हवाई अड्डाबाट जे ११ बी र जे ११ बीएस सहितका लडाकु विमान उडेर हजारौँ किलोमिटर टाढा ‘अपरिचित क्षेत्र’ तर्फ लागेका थिए ।