आफ्नो मुलुकका पाँच प्राध्यापकलाई सम्मेलनमा भाग लिन चीनले लगायो बन्देज

काठमाडौं । चीनले आफ्नो मुलुकका कम्तीमा पनि पाँच प्राध्यापकहरुलाई एक कार्यक्रममा सहभागी हुन रोकेको खुलासा भएको छ ।

अमेरिकाको हवाई राज्यस्थित होनोलुलुको एसोसिएसन फर एसियन स्टडिज नामक संस्थाले आयोजना गरेको भर्चुअल सम्मेलनमा ५ चिनियाँ प्राध्यापकहरुलाई भाग लिन चीन सरकारले बन्देज लगाएको अमेरिकाको नेशनल पब्लिक रेडियो एनपीआरले जनाएको छ ।