चुनाव निष्पक्ष र मितव्ययी बनाउनुपर्नेमा आयोगको जोड
३० चैत्र २०७८, बुधबार

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संवेदनशील भएर पालिका चुनाव जिम्मेवारीपूर्वक सम्पन्न गराउन प्रमुख निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएका छन् ।
निर्वाचन आयोग नेपालले आज मोरङमा आयोजना गरेको स्थानीय तह निर्वाचन–२०७९ निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रादेशिक प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उनले पालिका चुनाव निष्पक्ष, स्वतन्त्र एवम् मितव्ययी बनाउनुपर्नेमा जोड दिएका हुुन् ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले पालिका चुनावका लागि आयोगले संविधान र कानुनअनुसार सबै प्रक्रिया अगाडि बढाएको बताउँदै निर्वाचन निर्देशिका एवम् स्वघोषणाले उम्मेदवारलाई जिम्मेवार बनाएको धारणा राखेका छन् ।
उनले आयोगले निर्वाचन आचारसंहिता पालना भए–नभएको विषयमा संयन्त्र निर्माण गरी अनुगमन गर्ने जानकारी पनि दिएक छन् । उनले १० हजार दुई सय मतदानस्थलमा टेलिफोन, इन्टरनेट सुविधा पुगेको बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया