नेपालमा कम्युनिस्ट एकताको लागि चीनको लगानी
३० चैत्र २०७८, बुधबार

नेपाल अब पहिलाको नेपाल रहेन । सार्वभौम राष्ट्रको रुपमा जनताले गर्ने निर्णय राष्ट्रीय एजेन्डा पनि बन्न सकेको छैन । धर्म निरपेक्षता लगायतका बिभिन्न राजनीतिक मुद्दामा अधिकांश नेपाली जनता समक्ष नेताहरु खुलेर बोल्ने सक्ने साहस राख्दैन ।
एमसीसी लगायतको मामिलामा देशले विदेशी प्रभावहरुको स्पष्ट महसूस गरेको मान्न सकिन्छ । जसरी अमेरिका र चीनले एकअर्का बिचका बयानबाजी जारी गर्यो, त्यसले प्रष्ट पार्दछ की नेपाली राजनीति नेपाली जनता भन्दा धैरै टाढाको कुनै हातबाट संचालन भैरहेको छ ।
भारत र चीन दुई बलशाली र बिशाल छिमेकी पाएको नेपालले अब अमेरिकी चासोलाई पनि स्थान दिन खोजिरहेको बुझिन्छ । कम्युनिस्ट नेताहरु चीनिया सरकारको नजिक देखिन्छन भने कांग्रेस सम्पूर्ण रुपमा अमेरिका नजिक भएको दृष्टान्त देख्न सकिन्छ ।
यहाँ भारतको कुनै चासो प्रष्ट नभएको पनि देखिन्छ । पछिल्ला केहि बर्षयता नेपालले भारत संगको सम्बन्धमा दुरि ल्याउने प्रयास गरेको छ । जसलाई चीनीया हस्तक्षेप कै रुपमा चित्रण गरिन्छ ।
उत्तरी छिमेकी चीनले कम्युनिस्ट मिलाउन पुन: प्रयास थालेको छ । एमसीसी पारित भएपछि तर्सिएका चीनले मोड एक्टिव गरेको देखिन्छ
अघिल्लो एकता असफल भएर नेपालमा आफ्नो पकड कमजोर भएको निष्कर्ष निकाल्दै चीनले पुन कम्युनिस्ट एकताको लागि लगानी थालेको बुझिएको छ ।
कम्युनिस्ट एकता नहुँदा भएको पकड पनि गुम्ने र एमसीसी अनुदान लिएर आएको अमेरिकी प्रभाव बढ्ने तथा अनुदानबाटै नेपालको विकास र समृद्धि हुँदा चिनियाँ ऋणले भरिएको बीआरआई परियोजना अलपत्र पर्ने चिन्तामा बेइजिङले विदेशमन्त्री वाङ यीको नेतृत्वमा उच्चस्तरीय टोली काठमाडौं पठाएको छ ।
त्यसैगरी काठमाडौंका नेतालाई चीन बोलाएर एकताका लागि पहल गरिरहेको छ । विभिन्न औपचारिक कार्यक्रममा नाममा नेपाली नेतामाथि खर्च गरेर चीनले एकताको पहल थालेको हो ।
केही दिनअघि कार्यक्रमको नाममा उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा एमालेको प्रतिनिधिमण्डललाई आमन्त्रण गरेको बेइजिङले विदेशमन्त्री नेपाल ओर्लेकै दिन माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङलाई चीन बोलाएको छ ।
चीनकै अग्रसरतामा अघिल्लो पटक एकता भएको एकीकृत नेकपा पार्टीको महासचिव बनेका पौडेल चीनले रुचाएका पात्र हुन भने गुरुङ पनि चीनप्रति सदभाव राख्ने नेता हुन् । त्यस्तै चीनसँग निकटसम्बन्ध भएका वर्षमान पुन पनि फ्लोअप उपचार भनेर चीन उत्रेका छन् ।
निकट नेताहरुलाई बोलाएर चीनले दोस्रो तहमा कम्युनिस्ट एकताको वातावरण बनाउने र शीर्ष तहमा दबाब सिर्जना गरी आफू निकट सत्ता नेपालमा ल्याउने रणनीतिमा अघि बढेको जानकारहरु बताउँछन् ।
देशको भविष्य के हुने हो भनि चिन्ता जनमानसमा बढ्न थालेको छ । कम्युनिस्ट र कांग्रेसी विचारमा आउने गरेको टकरावले नेपालको मौलिकता , स्वाभिमान, संस्कृति, रहन सहन इत्यादि लाई निकै हदसम्म प्रभाव पारिरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया