नेपालमा बिजुलीको बजार व्यवस्थापन सहज पार्न भारतसँग सहकार्य
२४ चैत्र २०७८, बिहीबार

काठमाडौं । हिउँदयाममा बिजुलीको आन्तरिक उत्पादन घटेका बेला यसपटक नेपालले भारतबाट प्रतियुनिट ३८ रुपैयाँसम्म महँगोमा बिजुली किन्ने निर्णय लियो ।
रुस–युक्रेन युद्धको कारण कोइलाको अभाव हुँदा भारतमा बिजुलीको अभाव चर्किएर एक्कासी मूल्य बढेको थियो । प्रतियुनिट ३८ रुपैयाँ तिर्न तयार हुँदा पनि बिजुली नपाएको भन्दै प्राधिकरणले उद्योगहरुमा ‘फोर्स लोडसेडिङ’ गर्यो ।
यही बेला ३८ रुपैयाँसम्म महंगोमा भारतबाट बिजुली किनेको भन्दै प्रतिपक्षी दलका नेताले प्राधिकरणको कार्यशैली र नियतमाथि प्रश्न उठाइरहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया