नेपालले भारतबाट प्रतियुनिट ३८ रुपैयाँसम्म महँगोमा बिजुली किन्ने

काठमाडौं । हिउँदयाममा बिजुलीको आन्तरिक उत्पादन घटेका बेला यसपटक नेपालले भारतबाट प्रतियुनिट ३८ रुपैयाँसम्म महँगोमा बिजुली किन्ने निर्णय लियो ।

रुस–युक्रेन युद्धको कारण कोइलाको अभाव हुँदा भारतमा बिजुलीको अभाव चर्किएर एक्कासी मूल्य बढेको थियो । प्रतियुनिट ३८ रुपैयाँ तिर्न तयार हुँदा पनि बिजुली नपाएको भन्दै प्राधिकरणले उद्योगहरुमा ‘फोर्स लोडसेडिङ’ गर्‍यो ।

हिउँ पग्लिएर नदीमा पानीको सतह बढेपछि आन्तरिक उत्पादन बढेकाले उद्योगमा लोडसेडिङ नगरिएको दावी गरेको छ । तर, उद्योगीहरु भने प्राधिकरणको कुरा मान्न तयार छैनन्, विजुली कटौतीले उत्पादनमै असर गरेको भन्दै उनीहरुले प्राधिकरणसँग लोडसेडिङको तालिका मागेका छन् ।
यही बेला ३८ रुपैयाँसम्म महंगोमा भारतबाट बिजुली किनेको भन्दै प्रतिपक्षी दलका नेताले प्राधिकरणको कार्यशैली र नियतमाथि प्रश्न उठाइरहेका छन् ।