सीमानाका लगायतको समस्या समाधानका लागी नेपाल–भारत पत्रकारबीच छलफल

काठमाडौँ । नेपाल–भारतका पत्रकार बीच नेपालगन्जमा आयोजित ऐतिहासिक जमघटबाट सीमानाका लगायतको समस्या माथि बृहत छलफल भई आगामी कार्यक्रम भारतको बहराईच जिल्लामा हुने गरी सबै समस्याको हल खोजिने सहमति भएको छ ।

शनिबार मधेश मिडिया मिसन नेपाल बाँकेले आयोजना गरेको होली मिलन कार्यक्रम र सीमानाका सम्बन्धमा मिडियाकर्मीको भूमिका सम्बन्धमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै भारतीय पत्रकार अजय मिश्राले – नेपाल भारत बीचको सम्बन्ध धेरै नै प्राचीन छ । यसलाई अझ प्रगाढ बनाउनु जरुरी छ । नेपाल भारत बीच सीमा छ तर सम्बन्ध दुबै देशबीच अटुट छ । राजनीतिमा एकता नभए पनि जनतामा एकता छ । आफू नेपालको सौन्दर्यता अवलोकन गर्न सधंै यहाँ आउने गर्छु उहाँले भन्नुभयो ।

त्यस्तै पत्रकार राजिब शर्माले –हाम्रो धर्म, संस्कृति र सभ्यता एक छ, यसको संरक्षण सम्बद्र्धन दुबै देशका जनताले मिलेर गर्नु जरुरी छ । उहाँले बादल वन के वरस जाने दो….. कविता बाचन गर्दै दुबै देश बीचको एकता माथि बल दिनुभयो । भारतीय पत्रकार बनारस गिरीले सरस्वती बन्दना गरी आफ्नो धार्मिक संस्कृतिक एकता माथि प्रकाश पार्नु भएको थियो । त्यस्तै नै बयोबृद्ध पत्रकार मनिराम शर्माले आफू लामो समयदेखि नेपालगन्ज समाचार संकलन गर्न आउने गरेको बताउनुभयो ।
जब यहाँ २०६२÷०६३ मा जनआन्दोलन भयो जनताको मुख थुन्ने काम भयो यस समय मैले निरंकुशताको अन्तको लागि रुपैडियहामा नेपाली पत्रकारले गरेको आन्दोलनलाई सघाएको थिए । नेपालमा जब–जब समस्याहरु आउँछ मेरो चित्त दुःखछ र सो समस्याहरु समाधान गर्न सधै तत्पर रहन्छु । यस्तो सम्बन्ध अगामी समयसम्म पनि कायम रहनु पर्छ, किनकी हामी दुबै बीच नङ र मासुको सम्बन्ध छ । एक अर्कोलाई सघाउन हामीहरुको परम धर्म हो शर्माले भन्नुभयो ।

भारतीय पत्रकार आदित्य भान सिंहले पनि नेपाल–भारत एकता माथि बल दिंदै भन्नुभयो– भगवान रामको विवाह नेपालको जनकपुरमा माता सीतासँग भएको थियो । यसरी पुरापर्व कालदेखि नै दुुबै देश बीच सम्बन्ध छ । यो सम्बन्धलाई हामी बिर्से भने बेमानी हुनेछ– भन्नुभयो ।

वरिष्ठ पत्रकार निरज गौतमले पत्रकारहरुको लागि कुनै सीमा हुँदैन । यो सबै क्षेत्र माथि कार्य गर्छन, सत्यको लागि पत्रकार काम गर्छन, असत्य बढ्न थालेपछि त्यसलाई अपराधको श्रेणीमा राखी त्यसको विरुद्ध कलम चलाउँछन् । सीमा नाकामा विभिन्न समस्याहरु छ, भारतको विभिन्न स्थानमा रोजगार गरि फर्केकाहरुसँग लुटपाट, चेलीबेटी बेचबिखन, दाईजो समस्याहरु अपराध हुन । यस्तो समस्याको निराकरणको लागि दुबै देशका पत्रकार मिलेर कार्य गर्न सक्छन् । यो कार्यक्रमबाट विभिन्न समस्याको हल खोज्नु पर्छ भन्नुभयो ।
पत्रकार विजय बर्माले भन्नुभयो– पत्रकारिताको डाइग्नेसनमा धेरै नै परिवर्तन आई सकेको छ । यहाँ हाम्रो मुख्य कार्य हो विचारको प्रवाह गर्नु, सत्य कुरा गर्नु, हामी दुबै देश बीच राजनीतिक सम्बन्ध कम तर धार्मिक, सांस्कृतिक सम्बन्ध बढी छ । हामीले धार्मिक, सांस्कृतिक सम्बन्ध कायम राख्न सफल भयौ भने सबै समस्याको समाधान आफै नै हुनेछ । राजनीतिमा परिवर्तनहरु भई रहन्छ तर सम्बन्धमा परिवर्तन आउनु हुँदैन । अहिलेसम्म देखिए अनुसार राजनीतिले दुबै देश बीच विखण्डता ल्याएको छ तर धार्मिक, सांस्कृतिक सम्बन्धले गर्दा दुबै देशका नागरिक एकताबद्ध छन्,यस्तो कार्य दीर्घ समयकालका लागि रहिरहनु पर्छ ।

वरिष्ठ पत्रकार पूर्णलाल चुकेले हामी दुबै देशका पत्रकार बीच सम्बन्ध विगतदेखि नै प्रगाढ छ । यसै अनुसार दुबै देशका पत्रकार मिलेर कार्य गर्दै आएका छन् । अब पत्रकारहरु विभिन्न समस्याको छिनाफानो गर्न एकताबद्ध हुनुपर्ने कुरामा जोड दिनुभयो । वरिष्ठ चित्रकार, साहित्यकार श्यामानन्द सिंहले कविता बाचन गर्दै भन्नुभयो– अपना बच्चा रोता है तो दिल मे दर्द होता है, दुसरेका बच्चा रोता है सिर मे दर्द होता है……….।

पूर्वमन्त्री सर्वदेव ओझाले– नेपाल–भारत बीचको सम्बन्ध आजदेखिको होइन अति नै प्राचीन छ । आफू मन्त्री छंदा सम्म दुबै देश बीचको एकता माथि बल दिंदै रहे आज पनि एकता माथि बल दिंदै रहेको छ । आजको पत्रकारिता माथि भन्नुभयो– अहिले पत्रकारिताको स्वरुप बिग्रिरहेको छ प्रिन्ट मिडिया लोप हुन थालेको छ । यसको सट्टा अनलाईन र इलेक्ट्रानिक मिडिया काम गरिरहेको छ । प्रिन्ट मिडिया हराउनु भनेको दुव्र्भाग्यपूर्ण छ भन्नुहुँदै उहाँले लागू औषधको बेचबिखनबाट हाम्रा युवाको भविष्य बर्वाद भई रहेको छ । यस्तो विकृति विसंगतिको अंत गर्न दुबै देशका पत्रकारले काम गर्न जरुरी छ भन्नुभयो ।
कार्यक्रम बीच भारतीय पत्रकार र नेपाली पत्रकारहरुलाई मधेश मिडिया मिसनले मधेशी टोपी गम्छा, साल लगाई कदर प्रमाण पत्र दिई सम्मान गरेको थियो ।

यस्तो सम्मान पाउनेहरुमा पत्रकार आदित्य भान सिंह, अजय शर्मा, कुँवर दिवाकर सिंह, विद्या भुषण सिंह, निरज वर्नवाल, इरसाद हुसैन, मनिराम शर्मा, श्यामकुमार मिश्रा, संजय बर्मा, सुरेश मधेशिया, राजेश सिंह, नवि अहमदलगायतको सम्मान गरिएको थियो । कार्यक्रममा अनुपस्थित भारतीय पत्रकारको कदर सम्मान प्रमाणपत्र पठाईएको छ ।

आयोजक संस्थाका अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीद्वारा उपस्थित पत्रकारहरु नेपाल–भारतमा पूर्ण रुपमा प्रेस स्वतन्त्रता रहेको तर अर्को छिमेकी मित्र राष्ट्र चाईनामा स्वतन्त्रता नभएको, नेपाल–भारतका पत्रकारहरुले सीमानाका समस्या बारे विभिन्न सञ्चारमाध्यमद्वारा दिल्ली सरकार र काठमाण्डौ सरकारसम्म मुद्दा उठान गरी प्रस्तुत गर्न किन चुकेको, चाईनामा रहेका उईगर मुस्लिममाथि हुने दुव्यर्वहार बारे समाचार किन नआएको, चाईनाले बार्डर खोल्ने प्रतिबद्धता पटक–पटक गर्दा समेत हालसम्म बार्डर पूर्णरुपमा नखोलिएको, नेपाल–भारत सम्बन्ध बिगार्डन चाईनाले नेपालको राजनीतिकमा हस्ताक्षेप गरेको, नेपाल–भारत सम्बन्ध बारे नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले समेत भारत–नेपाल जस्तो सम्बन्ध अर्को छिमेकीसँग छ उहाँले भन्नुभयो ।