गठबन्धन विजयी हुनका लागि मात्र नभई परिवर्तनका लागी गरिएको हो : मन्त्री भुसाल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गठबन्धन विजयी हुनका लागि मात्र नभई परिवर्तनका एजेण्डा, राष्ट्रियता, जनता र संविधानको रक्षा गर्न गरिएको दाबी गरेकी छन्।

ललितपुरको गोदाबरी नगरपालिका –१४ को वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले परिवर्तन विरोधी शक्तिलाई परास्त गर्न गठबन्धनको आवश्यकता भएको जिकिर गरिन्। मन्त्री भुसालले गठबन्धन निर्वाचनमा विजयी हुनका लागि मात्र नभई परिवर्तनका एजेण्डाको रक्षा, राष्ट्रियता, जनता र संविधानको रक्षा गर्ने र त्यसका चुनौतीलाई सामना गर्न गठबन्धन आवश्यक भएको बताइन्।

‘यस्तै‚ मन्त्री भुसालले सात दशक लामो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै समाजवादको आधार तयार गरेर सामाजिक न्यायमा आधारित समाज निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिन्।