निर्वाचनको लागि अन्तिम मतदाता विवरण सार्वजनिक,मतदान स्थल र केन्द्रको संख्या कति ?

काठमाडौं: आगामी बैशाख ३० गते स्थानीय तह निर्वाचनका लागि मतदान स्थल र केन्द्रको संख्या थप भएको छ । आइतबार बसेको निर्वाचन आयोगको बैठकले मतदाता संख्या बढेसँगै मतदान स्थल र मतदान केन्द्र थप गर्ने निर्णय भएको हो ।

आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि १० हजार ७ सय ५६ मतदान स्थल र २१ हजार ९ सय ५५ मतदान केन्द्र निर्धारण गरेको छ । स्थानीय तह निर्वाचन २०७४ को तुलनामा १ सय १६ मतदानस्थल थप भएको हो । यस्तै अघिल्लो निर्वाचनमा भन्दा ३ हजार ३ सय ८३ मतदान केन्द्र थप भएको हो ।

२०७४ मा सालमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा १८ हजार ५ सय ७२ मतदान केन्द्र र १० हजार ६ सय ४० मतदान स्थल रहेको थियो ।

आयोगले आगामी निर्वाचनको लागि अन्तिम मतदाता विवरण सार्वजनिक गरेको छ । जसअनुसार १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता कायम रहेका छन् ।

कुन जिल्लामा कति ? (सूचीसहित)