प्रधानमन्त्री देउवाको कुटनीतिक चातुर्यताको मोदीले गरे तारिफ
२१ चैत्र २०७८, सोमबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सफल भएको छ ।
समकक्षीसँग सौहार्दपूर्ण द्विपक्षीय वार्ता, दुई देशबीचका सबै विवादित विषयमा गहन सम्वाद गर्न समकक्षी नरेन्द्र मोदी तयार हुनुले देउवाको भ्रमण सफल भएको हो । त्यसमाथि मोदीले देउवाको तारिफमाथि तारिफ गरेका छन् । नेपाल भारत सम्बन्ध निर्माणमा देउवाको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री देउवाले कुटनीतिक परिपक्वता र चातुर्य देखाउँदै सीमा समस्याको विषय पनि उठाएका छन् । बाहिर हल्ला गरेर, चर्को विरोध गरेर भन्दा पनि कुटनीतिको टेबलमा बसेर कुरा राखेर हल खोज्नुपर्ने भन्ने मान्यता प्रस्तुत गर्दै मोदीसँग टेबलमा बसेर देउवाले सीमालगायत नेपाल-भारतका यावत् मुद्दाहरु उठाएका छन् ।
कुटनीतिक रुपमा देउवाले राखेका मुद्दाहरुमा समकक्षी मोदी पनि गहन सम्वाद गर्न तयार भएका छन् । प्रधानमन्त्री देउवाले संयुक्त पत्रकार सम्मेलनमा मोदीकै अगाडि सीमा समस्या समाधान संयुक्त संयन्त्रबाट गर्ने प्रस्ताव राखेको जानकारी दिनु र भारतीय विदेश मन्त्रालयका सचिव हर्षवर्द्धन श्रृंगलाले सीमा समस्या समाधान वार्ताबाट खोज्न भारत तयार रहेको उल्लेख गर्नुले नक्सा प्रकाशनपछि वार्ता अवरुद्ध भएको सीमा समस्यामा देउवाले सम्वादको ढोका खोलेका छन् । यो प्रधानमन्त्री देउवाको कुटनीतिक चातुर्यताको परिणाम हो ।
त्यस्तै रेल सेवा सञ्चालन, सोलु करिडोर, रुपे कार्ड सञ्चालन, पञ्चेश्वर परियोजनालाई तीव्र गतिमा अगाडि बढाउने सहमतिहरु पनि नेपालको आर्थिक विकासमा गेमचेञ्जर हुनेछन् । त्यस्तै विभिन्न सम्झौताहरु पनि भएका छन् ।
त्यस्तै भारतीय व्यापारीहरु पनि नेपालमा लगानी गर्न कन्भिन्स भएका छन् । प्रधानमन्त्री देउवाले लगानीको वातावरण बनाउने भनेपछि भारतीय लगानीकर्ता विश्वस्त देखिएका छन् ।
त्यस्तै देउवाले भाजपासँग पार्टी टु पार्टी सम्बन्ध पनि कायम गरेका छन् । जसले बहुआयामिक सम्बन्धमा इट्टा थप्ने काम गरेको छ ।
यसरी प्रधानमन्त्री देउवाले चलाखीपूर्ण रुपमा आफ्नो भ्रमणलाई राजनीतिक, कुटनीतिक, आर्थिक र धार्मिक गतिविधिमा केन्द्रीत गरेका छन् । आइतबार देउवाले बनारसमा काशी विश्वनाथ मन्दिरको दर्शनदेखि पशुपतिनाथ मन्दिर उदघाटनसम्म गरेका छन् । जसले भ्रमणलाई धार्मिक बनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया