ताइवानी नागरिक ली मिङ –चेको रिहाइको माग गर्दै चीनविरुद्ध प्रदर्शन, को हुुन् ली मिङ –चेको ?
२० चैत्र २०७८, आईतवार

काठमाडौँ । चीनको जेलमा रहेका ताइवानी नागरिक ली मिङ –चेको रिहाइको माग गर्दै चीनविरुद्ध प्रदर्शन गरिएको छ। मानव अधिकारवादी समूहहरूले लीको निशर्त रिहाइको माग गरेका हुन्। सन् २०१७ मा पक्राउ गरिएका लिसँग सन् २०२० पछि उनको परिवारलाई कुनै सम्पर्क गर्न दिइएको छैन।
ली पक्राउ परेको पाँचौं वार्षिकोत्सवको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा एम्नेस्टी इन्टरनेशनल ताइवानका महासचिव चिउ इ–लिङले कोभिड–१९ को विश्वव्यापी प्रकोपपछि लीको परिवारले लीसँग सम्पर्क गर्न नसकेको बताएका छन्। लीकी श्रीमती ली चिङ्युले विगत दुई वर्षमा हुनान प्रान्तको चिशान जेलमा आफ्ना पतिलाई भेट्न १६ पटक निवेदन दिएकी छन्। तर हालसम्म भेट गर्न पाएकी छैनन्।
सोही अवधिमा, लीलाई ली चिङ– युसँग फोनमा बोल्न वा उनको परिवारसँग पत्र लेख्न प्रतिबन्ध लगाइएको थियो। चिउले जेलमा लीको हालको अवस्था, उनको स्वास्थ्य स्थितिबारे कुनै जानकारी नगराइएको बताइकी छन्। चिउका अनुसार लीले आफ्नो जेलको अवधिमा क्रूर व्यवहारको सामना गरेका छन्। जसले अन्तर्राष्ट्रिय मानवअधिकार कानूनको उल्लंघन गर्दछ। उनलाई जेलमा सडेको खाना खुवाइन्छ र जाडोमा न्यानो कपडाबाट वञ्चित गरिन्छ। यश अघि पनि चीनको जेलमा रहेका ताइवानी नागरिक ली मिङ– चेको रिहाइको माग गर्दै चीनविरुद्ध प्रदर्शन हुँद आएको छ।
लीलाई नोभेम्बर २०१७ मा “राज्य शक्तिको विध्वंस” को लागी पाँच वर्षको जेल सजाय सुनाइएको थियो किनभने चिनियाँ सरकारलाई आक्रमण गर्ने जानकारी र लेखहरू फैलाउन अनलाइन छलफल समूहहरू प्रयोग गरेको आरोप लगाइएको थियो। ताइपेईको वेनशान सामुदायिक कलेजका कर्मचारी लीलाई मार्च २०१७ मा मकाउबाट चीनको ग्वाङडोङ प्रान्तको भ्रमणका क्रममा प्रहरीले पक्राउ गरेको थियो। मानवअधिकार समूहहरूले अप्रिल १४ मा लीले आफ्नो पाँच वर्षको सजाय पूरा गर्ने अनुमान गरेका छन्, तर चिनियाँ सरकारले लीलाई त्यतिबेलासम्म रिहा नगर्ने वा लीलाई रिहा गरेपछि ताइवान फर्कन अनुमति नदिन सक्ने चिन्ता उनीहरुको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया