परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच भेटवार्ता, के–के भयो त कुुराकानी ?

काठमाडौँ  परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच मंगलवार भेटवार्ता भएको छ ।

श्रीलंकाको राजधानी कोलम्बोमा जारी बिमस्टेकको १८ औं मन्त्रीस्तरीय बैठकको सिलसिलामा दुई देशका परराष्ट्रमन्त्रीहरूबीच भेटवार्ता भएको हो ।

बिमस्टेक बैठकको साइडलाइनमा दुई देशका परराष्ट्रमन्त्रीबीच कुराकानी भएको हो । खड्का र जयशंकरबीच प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणको विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

तीनदिने औपचारिक भ्रमणको सिलसिलामा देउवा चैत १८ गते भारतको राजधानी नयाँ दिल्ली जाँदैछन् ।